निजामती सेवामा महिलामाथिको मौन विभेद : अनुभव र पदको बेवास्ता
नेपालको संविधान, कानुन र नीति दस्ताबेजहरूले महिला तथा पुरुषबीच समान अवसरको ग्यारेन्टी गरेका छन् । तर व्यवहारमा भने अवस्था भिन्न छ । विशेषतः निजामती प्रशासन भित्र कार्यरत महिलाले आज पनि मौन विभेद र असमान व्यवहार सहनु परिरहेको छ । अनुभव, योग्यता र निरन्तर सेवाका आधारमा पदको सम्मान गरिनुपर्ने प्रावधान कागजमै सीमित भएको भान गराउने यथार्थ उदाहरणहरू प्रशस्त छन् । […]