बीरगञ्ज भन्सारबाट १५.१४ प्रतिशत आयात र २२७ प्रतिशत निर्यात वृद्धि, सोयाबिन तेल अग्रस्थानमा
बीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा कुल ६ खर्ब २५ अर्ब ९० करोड रुपैयाँ बराबरको आयात र १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँको निर्यात दर्ता गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा आयातमा १५.१४ प्रतिशत र निर्यातमा आश्चर्यजनक रूपमा २२७.०९ प्रतिशतको वृद्धि हो। भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार, अघिल्लो वर्षको तुलनामा ८२ […]