केन्द्रीय बैंकले तरलता नियन्त्रणका लागि २० अर्ब रुपैयाँ थप खिच्दै
बुधबार पनि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप रकम संकलन गर्न लागेको छ। अधिक तरलता व्यवस्थापनका लागि मंगलबार मात्र ९० अर्ब रुपैयाँ उठाइसकेको राष्ट्र बैंकले आज थप २० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। राष्ट्र बैंकले असोज २२ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो रकम ११ दिनको लागि निक्षेप संकलन गर्न लागिरहेको जनाएको छ। […]