२ उद्योग–फर्ममाथि विभागको कारबाही, लाखसम्म जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार राजधानीमा गरेको अनुगमनका क्रममा एक दर्जन उद्योग र फर्ममाथि कारबाही गरेको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम विभिन्न कारोबारमा अनियमितता भेटिएपछि कारबाही तथा आवश्यक निर्देशन दिएको हो। अनुगमनका क्रममा के.के. मेटल स्टोर, काठमाडौं महानगरपालिका–१३ लाई १ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको […]