वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू लागू, सुरक्षा कडा
काठमाडौँ । देशको सबैभन्दा ठूलो भन्सार नाका रहेको वीरगञ्जमा सोमबार विहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यू लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार वीरगञ्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्म कर्फ्यू आदेश जारी गरिएको छ। कर्फ्यूको निर्णय, आइतबार रौतहटमा भएको हिन्दु–मुस्लिम द्वन्द्व वीरगञ्जमा […]