मितेरी डेभलपमेन्ट बैंकले नगद लाभांश शेयरधनीको खातामा जम्मा गर्यो
मितेरी डेभलपमेन्ट बैंकले २०८१/८२ को लागि १० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको छ। बैंकले मंसिर ६ गते सम्पन्न २०औँ वार्षिक साधारण सभाबाट पारित लाभांश आईपिएस मार्फत मंसिर ७ देखि शेयरधनीको खातामा पठाउन थालेको हो। हितग्राही खातामा बैंक वित्तीय संस्थाको खाता कात्तिक २२ गतेसम्म अद्यावधिक गरिसकेका शेयरधनीका लागि मात्र लाभांश जम्मा गरिएको छ। […]