रसुवामा बाढीले बीमा कम्पनीहरूमा ८४ करोडको दाबी
रसुवा जिल्लामा असार २३ गते देखिएको अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोले ठूलो भौतिक क्षति पुर्याएको छ। त्यसको असर बीमा क्षेत्रमा पनि स्पष्ट देखिएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार साउन ८ गतेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार बाढी–पहिरोका कारण विभिन्न बीमा कम्पनीहरूमा जम्मा ८४ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको ६८ वटा दाबी पेश भएका छन्। सबैभन्दा […]