झापा इनर्जीको आइपिओमा मागभन्दा झण्डै चालीस गुणा बढी आवेदन
झापा इनर्जी लिमिटेडको आइपिओमा मागभन्दा ३९.३८ गुणा बढी आवेदन परेको छ । कम्पनीले २० देखि २४ भदौसम्म सर्वसाधारणमा चार लाख ७३ हजार ३३६ कित्ता सेयर निष्कासन गरेको थियो । सिडिएसीका अनुसार मंगलबार साँझसम्म १६ लाख ५३ हजार पाँच सय ८६ जना आवेदकबाट एक करोड ८६ लाख ४१ हजार ५०० कित्ताका लागि आवेदन परेको हो । […]