पाल्पा सिमेन्ट आईपीओ अन्तिम दिन आज
पाल्पा सिमेन्ट इण्डष्ट्रीजको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ)मा आवेदन दिने आज (माघ ११ गते) अन्तिम दिन रहेको छ। कम्पनीले पुस २५ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि आईपीओ खुला गरेको थियो। कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। […]