नेपाल अध्ययनका विज्ञ वाङ होङवेईको निधन
बेइजिङमा नेपाल अध्ययनका अग्रणी विज्ञ प्रोफेसर वाङ होङवेईको निधन भएको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार दक्षिण एसियाली मुद्दाका प्रख्यात विज्ञ, नेपाल अध्ययनका अग्रगामी र संस्थापक तथा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको एसिया-प्रशान्त र विश्वव्यापी रणनीति संस्थानका वरिष्ठ अनुसन्धानकर्ता प्रोफेसर वाङ होङवेईको ९१ वर्षको उमेरमा बेइजिङमा निधन भएको हो। प्रोफेसर वाङको ३ दिनअघि निधन भएको बेइजिङका पूर्वनेपाली राजदूत […]