ई–७ भिसामा कोरिया जान अब रोक
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत ई–७ भिसामा कोरिया जाने नेपाली कामदारको प्रक्रिया रोकिएको छ। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार अब ई–७ भिसामा कोरिया जान नपाइने जनाएको हो। विभागका अनुसार मन्त्रालयबाट ‘कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८०’ कार्यान्वयन नगर्न आदेश प्राप्त भएपछि बीटुबी माध्यमबाट ई–७ भिसामा कामदार […]