सात प्रदेशको बजेट पौने ३ खर्ब बढी
आगामी आर्थिक वर्षका लागि सातवटा प्रदेश सरकारले २ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँको कुल बजेट ल्याएका छन्। प्रदेशहरुमा विवादका बीच बागमती र कर्णालीले आइतबार अबेर राति प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्। संघ सरकारले नेपालको संविधान २०७२ अनुसार जेठ १५ मा अनिवार्य बजेट ल्याउनुपर्ने र प्रदेश सरकारले अन्तर्सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार असार १ […]