राम्चेबेँसीका किसान उत्साहित, काउलीको मूल्यले मनग्य लाभको संकेत
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–११ राम्चेबेँसीका किसानहरू अहिले बारीमा फलेको काउली बेच्न व्यस्त छन्। विशेषगरी पोहोरभन्दा यस वर्ष काउलीको बजारभाउ राम्रो भएपछि लगानी उठ्ने र आम्दानी बढ्ने आशा किसानहरूलाई उत्साहित बनाएको छ। स्थानीय किसान बासुदेव सापकोटाले करिब चार रोपनी बारीमा काउली रोपेर यस वर्ष ५,००० किलोसम्म बिक्री गर्ने योजना बनाएका छन्। तर, केही रोगका कारण उत्पादन गत वर्षको […]