कर्णालीमा खेती गरिएको २७ प्रतिशत जमिनमा मात्रै वर्षभरि सिँचाइ
सुर्खेत । कर्णाली प्रदेशमा खेती गरिएको जमिनको २६.९९ प्रतिशत क्षेत्रमा मात्रै वर्षभरि सिँचाइ सुविधा पुगेको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख ३० हजार ७३१ हेक्टर जमिनमा खेती हुँदै आएकोमा ३५ हजार २९७ हेक्टरमा मात्र बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ । कर्णालीमा कुल खेतीयोग्य क्षेत्रफल दुई लाख १३ हजार ५४४ […]