भूमि विधेयक पारित हुन सकेन आज
नेपाली कांग्रेसको विरोधपछि भूमि विधेयक पारित गर्नबाट सरकार पछि हटेको छ। प्रतिनिधि सभाको आजको बैठकबाट भूमि विधेयक पारित गर्ने तयारीमा सरकार थियो। त्यसैले सम्भावित कार्यसूचीमा समेत राखिएको थियो। तर आजको बैठकको कार्यसूचीमा भूमिसम्बन्धी विषय समावेश गरिएको छैन। बुधबारको बैठकमा भूमिसम्बन्धी विधेयकमाथि दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची थियो। तर कांग्रेस सांसदसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले […]