शिक्षक महासङ्घको देशव्यापी आन्दोलन भदौ ८ देखि सुरु
नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना माग सम्बोधन नभएको भन्दै सोमबारदेखि देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ। महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विधेयकले शिक्षकहरूको सेवा–सुविधा, स्थायित्व र अधिकार कमजोर बनाएको आरोप लगाएका छन्। गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो, तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको […]