गाईजात्राबाट कमेडी क्लबसम्म : व्यङ्ग्यको बदलिँदो यात्रा
गाईजात्रा नेपाली समाजमा दिवङ्गत पितृहरूको सम्झना गर्ने पर्व मात्र होइन, सामाजिक विकृति, विसङ्गति र राजनीतिक अवस्थामाथि व्यङ्ग्य गर्ने अवसरका रूपमा समेत स्थापित छ । समयसँगै गाईजात्राको स्वरूप फेरिँदै गएको छ । परम्परागत रुपमा र व्यङ्ग्यबाट सुरु भएको यसको यात्रा अहिले टेलिभिजन, हास्य सिरियल र कमेडी क्लबसम्म आइपुगेको छ । वरिष्ठ कलाकार मदनदास श्रेष्ठका अनुसार गाईजात्रालाई […]