वर्षा : ‘ओभरफ्लो’ भएर म्याग्दी नदी बग्दै
म्याग्दीको धौलागिरिमा पहिरो खस्दा म्याग्दी नदी थुनिएको छ । गाउँपालिकाको वडा नम्बर ४ र ६ जोडिने बाँसबोट भीरबाट खसेको पहिरोे नदी थुनिएको हो । गएराति १० बजेदेखिको वर्षाले पहिरो खस्दा करिब १० मिनेट म्याग्दी नदी थुनिएको हो । १० मिनेटपछि भने अहिले नदी आफ्नो बहावमा बग्न थालेपनि फेरि पहिरो खस्ने जोखिम भने रहेको छ । […]