खरानीमै सेवा: जलेका प्रहरी चौकीबाटै सुरक्षाकर्मीको काम सुरु
भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा देशभरका अधिकांश प्रहरी चौकीहरूमा आगजनी र तोडफोड भएपछि सुरक्षाकर्मीले जलेका भवनमै सेवा सुरु गरेका छन्। आन्दोलनकारीको निशानामा परेका चौकीहरू जलेर खरानी भए पनि प्रहरी जवानहरूले आफ्नो कर्तव्य रोकेका छैनन्। शनिबार दरबारमार्ग प्रहरी चौकी पुग्दा सुरक्षाकर्मीहरू जलेका गाडी र अन्य सामान हटाउँदै नागरिक सेवा सञ्चालनमा जुटिरहेका देखिन्थे। प्रहरी […]