सर्वोच्चको आदेशले लम्बियो वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण
नेपाल राष्ट्र बैंकले अगाडि बढाएको वाणिज्य बैंकहरूको लोन पोर्टफोलियो रिभ्युको प्रक्रिया लम्बिने निश्चित भएको छ। सुवेदी एन्ड एसोसिएट्स ज्वागल ललितपुरका सञ्चालक सतिस सुवेदीले जेठ २२ गते सर्वोच्च अदालतमा पेस गरेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको एकल इजालासले २३ गते अल्पकालीन अन्तरिम आदेश दिएकाले तत्काललाई प्रक्रिया लम्बिने देखिएको हो। रिट सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीका नाममा कारण […]