जेन जेडको स्वर सडकमा, भ्रष्टाचारविरुद्ध देशव्यापी शान्तिपूर्ण प्रदर्शन
पहिले केवल सामाजिक सञ्जालमै सीमित देखिएको असन्तोष अहिले सडकमा उत्रिएको छ। नेपालका जेन जेड पुस्ताले काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको शान्तिपूर्ण आन्दोलनमार्फत भ्रष्टाचार, कुप्रबन्ध र सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध आवाज बुलन्द गरेका छन्। आन्दोलनमा सहभागी युवाहरूले राष्ट्रिय झण्डा बोके, देशभक्तिपूर्ण गीत गाए र ‘जनताको असन्तोष चरममा, नेताहरूको पेट भरिएको छ,’ ‘जेन जेडको गर्जन, भ्रष्टाचारको […]