युवालाई मदन भण्डारीका विचार आत्मसात गर्दै बदलिँदो समयअनुकूल अघि बढ्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताएकी छन् । आइतबार आयोजित ‘नेपालको परिवर्तनशील राजनीतिक, प्राविधिक र भूराजनीतिक वास्तविकताहरू’ विषयक युवा संवाद कार्यक्रममा बोल्दै भण्डारीले समय र समाज परिवर्तनसँगै युवाका सोच, आकांक्षा र सम्भावनासमेत फराकिलो बन्दै गएको बताइन् । […]