हैजा रोगीहरूको अवस्था बुझ्न मन्त्री यादव वीरगञ्जका विभिन्न अस्पतालमा
खानेपानीमन्त्री प्रदीप यादव हैजाका बिरामीहरूको अवस्थाका बारेमा जानकारी लिनका लागि वीरगञ्जका विभिन्न अस्पतालमा पुगेका छन् । वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेसँगै यहाँको नारायणी अस्पताल, तराई हॉस्पिटल, वीरगञ्ज हेल्थ केयर लगायतका विभिन्न अस्पतालहरुमा उपचाररत हैजाका बिरामीहरूको अवस्था, खानेपानीको स्रोत, सरसफाइ, तथा ढल व्यवस्थापनको वास्तविक अवस्थाका बारेमा प्रत्यक्षरूपमा जानकारी लिएको मन्त्री यादवले […]