जेन-जीसहित सबै पक्षलाई वार्तामा आउन राष्ट्रपतिको आग्रह-पत्र सहित
राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जीसहित सबै पक्षलाई वार्तामा आउन आग्रह गरेका छन्। पौडेलले अपिल पत्र जारी गर्दै मुलुक विषय परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृति भइसकेकोले मुलुक, जनता र लोकतन्त्रको माया गर्दै समस्या समाधानका लागि सबै पक्षको सहयोग आवश्यक रहेको पनि बताए।