नेपालमै बनेको यत्री P2 इलेक्ट्रिक स्कुटर सार्वजनिक, सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला सिप्रदी यत्रीले नेपालमै निर्मित यत्री P2 इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। नेपाली सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएको P2 लाई शहरी आवागमनदेखि लामो दूरीको यात्रासम्मका लागि लक्षित गरिएको कम्पनीले जनाएको छ। यत्री P2 को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ। […]