भोटेकोशीको बाढीपीडितका लागि छिमेक लघुवित्तको ४१ लाख ३९ हजार ७५२ रुपैयाँ सहयोग
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति प्रकट गरेको छ। संस्थाले बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा घाइते भएकाहरूको […]