सडक सुधारका लागि राति बन्द
काठमाडौँ । मुग्लिन–नागढुंगा सडक खण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिन आगामी चैत १७ गतेदेखि १९ गतेसम्म रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिर लगायतका जोखिमपूर्ण क्षेत्रमा सडक सुधार कार्य गर्नुपर्ने भएकाले तीन दिनसम्म हरेक राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइने सडक आयोजनाले जनाएको छ। […]