निरिक्षणसँगै आउँदो भदौ ७ देखि पोखरा–दुबई दैनिक उडान

फ्लाई दुबईले आउँदो भदौ ७ (२३ सेप्टेम्बर)देखि पोखराबाट दैनिक उडान गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई उडानका लागि अनुमति दिएको छ।

फ्लाइ दुबईले १६७ सिट क्षमताको बोइङ ७३७ जहाजमार्फत् पोखराबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। पोखरामा साँझ सवा ६ बजे अवतरण गर्ने जहाज सवा ७ बजे दुबईका लागि उड्ने छ। यो यात्रा करिब ५ घण्टाको हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

पहिलो चरणमा फ्लाइ दुबईले १ महिनाको लागिमात्र उडान अनुमति लिएको छ।

केही दिनअघि फ्लाइ दुबईको प्राविधिक टोलीले पोखरा एयरपोर्टको अध्ययन गरेपछि यो उडान सम्भव भएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।

गएको मंगलबार मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई) को ‘फ्लाई दुबई’को जोखिम व्यवस्थापन हेर्ने उपाध्यक्ष एड्रियन लुकाससहितको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षण गरेको थियो।