बञ्चरेडाँडामा फोहोर व्यवस्थापन अवरुद्ध, स्थानीय मागमा जोड
काठमाडौँ । काठमाडौं उपत्यकाको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन रोकिएको छ। विगतमा गरिएका सहमतिहरू कार्यान्वयन नभएको भन्दै नुवाकोट र धादिङका स्थानीय बासिन्दाहरू आक्रोशित बनेका छन्। स्थानीयले आफ्नो माग सम्बोधन नभएसम्म फोहोर नफाल्ने अडान लिएर फोहोर बोकेर आएका ट्रकहरूलाई बाटोमै फर्काएका छन्। उनीहरूको आरोप अनुसार, सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकासँग भएका सम्झौताहरू कागजमै सीमित रहँदा […]