स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक झिनो अंकले आज सुधार देखिएको छ । बजार परिसुचक २.५७ अंकले बढेर २,७२६.१७ बिन्दुमा पुगेको छ ।
अघिल्लो कारोबारमा नेप्से १.५४ अंकले घटेर बन्द भएको थियो।
कूल ३५६ कम्पनीको ४९ हजार २४८ कारोबारबाट ९२ लाख ८३ हजार ३२६ शेयरहरु ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार ३२७ रुपैयाँ बराबर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
आज कालिञ्चोक हाइड्रोपावर लिमिटेड, सोपान फर्मास्युटिकल्स लिमिटेड र अपोलो हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
