सिटिजन बैंकको नाफामा हल्का कमी, ब्याज आम्दानीमा दोहोरो वृद्धि
सिटिजन बैंकको नाफामा गत आर्थिक वर्ष २०८१/८२ मा २.०७ प्रतिशत कमी देखिएको छ। बैंकले शनिवार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार उक्त अवधिमा बैंकले कुल १ अर्ब २९ करोड ३३ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँभन्दा केही कम हो। […]