एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे सचिवालयमा छलफल
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे छलफल गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय समितिमा लैजाने एजेन्डाबारे मात्र छलफल भएको पार्टीका उपमहासचिव लेखराज भट्टले बताए । उनले भने, ‘बैठकले केन्द्रीय समितिमा हुने एजेन्डाका बारेमा छलफल गरेको छ । एजेण्डाहरुमा श्रद्धाञ्जली, अध्यक्षको मन्तव्य, मनोनित गर्ने केन्द्रीय सदस्यहरु त्यसपछि अध्यक्षको राजनीतिक […]