असमलाई ९ रनले हराउँदै नेपाल ‘ए’ को लगातार दोस्रो जित
नेपाल ‘ए’ क्रिकेट टोलीले असम क्रिकेट एसोसिएसनविरुद्धको पाँच टी–२० अभ्यास खेलमध्ये तेस्रो खेलमा पनि विजय हासिल गरेको छ। शनिबार राति सम्पन्न खेलमा नेपालले ९ रनको रोमाञ्चक जित निकाल्दै सिरिजमा २–१ को अग्रता बनाएको हो। यसअघि पहिलो खेल नेपालले डकवर्थ–लुइस प्रणालीमार्फत १५ रनले गुमाएको थियो भने दोस्रो खेलमा ९६ रनको ठूलो अन्तरले जित निकाल्दै सिरिजमा फर्किएको […]