साताको दोस्रो कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३९.४४ अंकले घटेर २७४४.४० बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ३८.१९ अंकले बढेर २७८३.८५मा पुगेर बन्द भएको थियो।
आजको कारोबारमा ३ सय ३८ कम्पनीको १ करोड ६ लाख ७८ हजार ५ सय ५० कित्ता शेयर ६२ हजार ५ सय १२ पटक किनबेच हुँदा ४ अर्ब ६६ करोड ५० लाख २० हजार ६ सय ७७ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा सबैभन्दा धेरै धौलागिरि लघुवित्तको १५ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको १८ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आजको कारोबारमा म्युचुअल फण्ड बाहेक सबै उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै २.३३ प्रतिशत घटेको छ।
त्यसैगरि, बैंकिङ ०.८३, विकास बैंक १.३७, फाइनान्स २.०३, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर २.२२, लगानी १.३०, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन १.६५, माइक्रोफाइनान्स १.५१, निर्जीवन बीमा ०.७७, अन्य १.४९ र व्यापार २.३३ प्रतिशत घटेको छ।
