पाल्पामा २०६ औँ भगवती सिन्दुर जात्राको रथयात्रा सुरु
नेपाल–अङ्ग्रेज युद्धमा विजयको सम्झनामा आज पाल्पामा ऐतिहासिक भगवतीको रथसहित सिन्दुर जात्रा आयोजना हुँदैछ। यस वर्ष २०६ औँ भगवती खट यात्राका रूपमा जात्रा निकालिन लागेको हो। विसं १८७१ देखि १८७२ मा भएको तत्कालीन नेपाल–अङ्ग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अङ्ग्रेज फौजलाई पराजित गरेपछि हरेक वर्ष भाद्र कृष्णनवमीको दिन विजयोत्सव मनाइँदै आएको छ। रथयात्राले भगवतीको महिमाको […]