इला शर्माको स्मृतिमा पुस्तक : साहसी र नेतृत्वदायी महिलाका रुपमा चित्रण
काठमाडौं । निर्वाचन आयोगकी पूर्वआयुक्त दिवङ्गत इला शर्माको स्मृतिमा ‘इला शर्मा नारी संघर्षका स्मृतिहरु’नाम पुस्तक सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले शर्मालाई सम्झँदै इला नेतृत्वदायी भूमिकामा आफूलाई स्थापित गरेर परिवर्तनको वाहकसम्म बन्न सफल व्यक्ति भएको बताइन् […]