बाजुराको गौमुलमा पनि सहुलियत रुपमा चामल विक्री
बाजुराको गौमुल गाउँपालिकामा पनि चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल विक्री सुरु गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मार्तडी बाजुराले गौमुलबाट पनि चामल बिक्री सुरु गरेको हो । यस अघि गौमुलका स्थानीयले मार्तडी आएर सहुलित रुपमा चामल लिनुपर्ने बाध्यता थियो। अब गौमुलबाटै चामल बिक्री सुरु भए पश्चात् सहज हुने भएको छ। […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                             
                             
                            