अन्तर्राष्ट्रियस्तरको १० दिने औद्योगिक व्यापार मेला गर्दै मोरङ उद्योग व्यापार संघ

  • Clock icon
    २०८२ मंसिर २६, शुक्रबार

मोरङ उद्योग व्यापार संघले अगामी पुसमा विराटनगरमा अन्तर्राष्ट्रियस्तरको १० दिने औद्योगिक व्यापार मेला ‘ विराट ट्रेड एक्स्पो-२०८२’आयोजना गर्ने भएको छ ।

मुलुककै जेठो उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य मोरङ उद्योग व्यापारले ९ देखि १९ पुससम्म विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक व्यापार मेला ‘विराटटेडएक्स्पो ’आयोजना गर्ने भएको हो ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीका अनुसार पहिलेदेखि आयोजना गर्दैआएकोऔद्योगक मेलाका रूपमा ‘ विराटट्रेड एक्स्पो ’गरिने र यसमा भारत, बंगलादेश र पाकिस्तानका २५ सहित दुई ३० वटा स्थल रहने बताइएको छ । उनका अनुसार मेला दुई लाखभन्दा बढीले अवलोकन गनेछन् भने ५० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा छ । एक्स्पो मा नेपाल व्यापार रणनीतिअन्तर्गत पहिचान गरिएका कोशी प्रदेशसहित अन्तरप्रादेशिक उत्पादन पनि प्रदर्शनी गरिने छन् ।

एक्स्पो स्वदेशी–विदेशी उत्पादन प्रदर्शन गर्ने ,खरिद–बिक्री र लगानीको सम्भावनाबारे छलफलगर्ने उत्कृष्ट थलो हुने संयोजक अमित सारडाले बताए । संघले विभिन्न समयमा व्यापारिक मेलाहरु गर्दै आईरहेको छ ।

  • Clock icon
    २०८२ मंसिर २६, शुक्रबार