शोकमा डुब्यो गणेश नेपालीको पुर्खौली गाउँ, उचित क्षतिपूर्ति दिनुपर्ने माग
मुगु । काठमाडौं त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्दा मृत्यु भएका २५ वर्षीय गणेश नेपाली पुर्खौली गाउँ शोकमा डुबेको छ । उनी जन्मिएको घर सुनसान छ । मुगुको सोरूँ गाउँपालिका–१ सदरमुकाम गमगढीबाट गाडीमा करिब ६ घण्टा लाग्छ । उनको निधनको खबरले गाउँ जलधारा शोकमग्न भएको छ । गाउँमा रोजीरोटी कठिन भएपछि परिवारको साथ गणेश भक्तपुरमा […]