बैंकका कर्मचारीमाथिको दुर्व्यवहार खेदजनक : बैंकर्स संघ अध्यक्ष कोइराला
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले पछिल्लो समय बैंकका कर्मचारीहरूमाथि भइरहेको भौतिक आक्रमण र दुर्व्यवहारप्रति आपत्ति जनाएका छन्। नेपाल आर्थिक पत्रकार समाज ९सेजन० द्वारा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले कर्मचारीहरूमाथि नियोजित रूपमा कुटपिट गर्ने र डर(धम्की देखाउने कार्य बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। कार्यक्रममा सम्बोधन गर्दै कोइलाले नेपाल एक कानूनी राज्य भएको स्मरण गराउँदै […]