इङ्ल्यान्डको राष्ट्रिय क्रिकेट टोली‌ नेपाल आउने

इङ्ल्यान्डको राष्ट्रिय क्रिकेट टोली नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । सन् २०२७(३१ को सर्कलमा इङ्ल्यान्ड र नेपालबीचको सिरिज टियु क्रिकेट स्टेडियममा हुने बताइएको छ ।

क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमा इङ्गल्याण्डको राष्ट्रिय टोली नेपाल आउने निश्चित भएको पनि जानकारी दिए ।

उनले इएसपिएन क्रिकइन्फोलाई उदृत गर्दै, ‘हामी तयार छौं, नेपाल र इङ्गल्याण्डबीचको टि(ट्वान्टी सिरिज क्रिकेट स्टेडियममा गर्नका लागि’ भनेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

नेपाल र इङ्ल्यान्ड पछिल्लो पटक भारत र श्रीलंकामा आयोजना भएको टि ट्वान्टी विश्वकपको एकै समूहमा परेको थियो । सोहि विश्व कपमा भारत मुम्बईको वानखेडेमा भएको खेलमा नेपाल इङ्ल्यान्डसँग मात्र ४ रनले पराजित भएको थियो ।

त्यो खेलमा नेपाल जितको निकै नजिक पुगेर पराजित भएपनि विश्व क्रिकेटमा हलचल ल्याएको थियो । त्यो नेपाल र इङ्ल्यान्ड क्रिकेटको पहिलो टि ट्वान्टी आई थियो ।