एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । विहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले देशको राजनीतिक स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय सुरक्षालाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेको छ । पार्टीले आफ्नो घोषणापत्रमा भदौ २४ गते भएका हिंसात्मक घटनालाई अप्रत्यासित नभई योजनाबद्ध आक्रमणको रूपमा उल्लेख गरेको छ । […]