वर्षा–हिउँले आलु उत्पादनमा उत्साह
रसुवा । चैत महिनामा परेको वर्षा र हिमपातका कारण यस वर्ष आलु उत्पादन बढ्ने अपेक्षासहित उत्तरी रसुवाका किसान उत्साहित भएका छन् । सोमबार परेको वर्षा र हिउँले आलुबालीलाई आवश्यक चिस्यान पुगेकाले उत्पादनमा वृद्धि हुने विश्वास किसानले व्यक्त गरेका छन् । उच्च भेगमा परेको हिउँले जमिनमा प्राकृतिक चिस्यान कायम राख्दा आलुखेतीलाई विशेष फाइदा पुगेको बताइएको छ […]