फाइनान्स क्षेत्रको पुनर्सन्तुलन खोजी: गैह्र–बैंकिङ सम्पत्ति व्यवस्थापनमा जोड
पछिल्ला तीन–चार वर्षयता मुलुकको अर्थतन्त्रमा देखिएको सुस्तताको असर ठूला वाणिज्य बैंक मात्र होइन, साना तथा मध्यम वित्त कम्पनीहरूमा पनि स्पष्ट देखिन थालेको छ। विशेषगरी २०८० सालको असार मसान्तपछि बित्ता (फाइनान्स) कम्पनीहरूको गैह्र–बैंकिङ सम्पत्ति उल्लेख्य रूपमा बढेको तथ्यांकले वित्तीय क्षेत्र पुनर्सन्तुलनको चरणमा रहेको संकेत गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार, दुई वर्षअघि […]