कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीद्वारा शान्तिपूर्ण निर्वाचनको आश्वासन
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन शान्तिपूर्ण र सुरक्षित वातावरणमा हुने बताएका छन्। प्रारम्भमा सुरक्षाको विषयमा जिज्ञासा भए पनि अहिले सबै चुनौती व्यवस्थापन भएको उनले बताए। भण्डारीले भने, “यो शताब्दीकै सुरक्षा सन्दर्भमा पेचिलो निर्वाचन हो, त्यसैले घोषणा भएको भोलिपल्टदेखि हामीले सुरक्षा छलफल सुरु गरेका थियौं। विद्रोहपछिको सरकार, पुराना र नयाँ शक्तिबीच […]