वेष्ट फाइनान्सकाे २९औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडको २९औं वार्षिक साधारणसभा २०८२ पौस ३० गते तिनकुने, काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत भई छलफलसहित पारित गरिएको छ। साथै, कम्पनीको दिगो वृद्धि र वित्तीय सुदृढीकरणका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी प्रस्तावसमेत सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ। […]