कर्णालीमा छैटौँ अधिवेशन सकियो, ६५ घण्टा छलफलपछि विषादी विधेयक पारित
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकाल अन्तर्गतको छैटौँ अधिवेशन बुधबार राति १२ बजेदेखि औपचारिक रूपमा अन्त्य भएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेपछि प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १८३(२) बमोजिम अधिवेशन समाप्ति घोषणा गरेका हुन्। सभामुख नन्दा गुरुङका अनुसार चालु अधिवेशन अवधिभर ३४ वटा बैठक बसे र कुल ६४ घण्टा ४२ मिनेट […]