सेनेगल पराजित बेल्जियम अन्तिम १६ मा

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा सेनेगललाई पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ।

अमेरिकाको सियातलमा भएको रोमाञ्चक खेलमा सेनेगललाई ३-२ गोलअन्तरले पराजित गर्दै बेल्जियम प्रतियोगिताको अन्तिम १६ अर्थात् प्रिक्वाटर्डफाइनलमा प्रवेश गरेको हो।

निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयको अन्तिममा पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमले ३-२ को रोमाञ्चक जित निकालेको हो।