अमेरिकी एफ–३५सी विमान दुर्घटना, पाइलट सुरक्षित
अमेरिकी नौसेनाको अत्याधुनिक एफ–३५सी लडाकु विमान बुधबार साँझ अमेरिकी राज्य क्यालिफोर्नियाको नेवल एयर स्टेशन लेमोर नजिकै दुर्घटनाग्रस्त भएको छ। दुर्घटना करिब ६:३० बजे घटेको र घटनास्थल फ्रेस्नो सहरबाट लगभग ६४ किलोमिटर दक्षिण-पश्चिममा रहेको खुला कृषि क्षेत्रमा रहेको बताइएको छ। अमेरिकी नौसेनाले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा पाइलट सुरक्षितरूपमा विमानबाट बाहिर निस्केको जनाएको छ। स्थानीय आपतकालीन […]