नेपाल आयल निगमले आर्थिक वर्ष २०८१/८२ मा कमायो १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा
काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । निगमको ५६औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले कुल कारोबार ३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको र यस अवधिमा १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी राजस्व राज्यलाई योगदान गरिएको जानकारी दिए […]