आर्थिक समृद्धिको नयाँ आशा: निजी क्षेत्रको भरोसा जित्दै नयाँ सरकार
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा बन्न लागेको नयाँ सरकारले निजी क्षेत्रको आत्मविश्वास बढाउने र स्थायी नीति ल्याउनेमा ठूलो भरोसा व्यक्त गरेका छन्। बिहीबार काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको ‘फार्मा एक्स्पो’लाई सम्बोधन गर्दै उनले स्थिर सरकार र स्पष्ट नीतिले मात्रै देशको आर्थिक कायापलट गर्न सक्ने बताए। अहिले करिब दुई-तिहाइ बहुमतको सरकार बन्न […]